सुनको भाउ तोलाकै एक लाख १३ हजार

काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेरको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, चाँदी तोलाको एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।