आज घट्यो सुनचाँदीको भाउ

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ ।

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, चाँदी तोलाको एक हजार तिन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख १२ हजारमा र चाँदी तोलाको एक हजार चार सय ५ रुपैयाँमा काराबार भएको थियो ।