देशभर आज आंशिक देखि सामान्य बदली

काठमाडौं । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव पूर्ण रूपले हट्न नसकेकोले आज सोमबारको मौसम आंशिक देखि सामान्य बदली हुने भएको छ ।

पहाडी भू–भागमा आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको छ ।

राति प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईमा बिहान हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।