गुराँसका सात सयबढी कुकुरलाई लगाइयो रेविजविरुद्धको खोप

दैलेख । गुराँस गाउँपालिकाका सात सयभन्दा बढी कुकुरलाई निःशुल्क रेविजविरुद्धको खोप लगाइएको छ ।
गुराँस गाउँपालिका, आर्थिक विकास समितिअन्तर्गत पशुपन्छी विकास शाखाले गाउँपालिकाभरका वटा कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको हो ।
देशका विभिन्न ठाउँमा जस्तै दैलेख जिल्लामासमेत कुकुरलाई लाग्ने रेविज रोग व्यापक रूपमा फैलिएको कुरालाई मध्यनजर गर्दै पशुपन्छी विकास शाखाका प्रमुख खिम प्रसाद सापकोटाले खबरबजारलाई जानकारी दिनुभयो ।
पुस महिनाको ३ गतेदेखि ६ गते सम्म गाउँपालिकाका वडा–वडामा पुगेर घुम्ति शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
वडास्तरमा गरिएको घुम्ति शिविरबाट आफ्ना कुकुरलाई निःशुल्क रेविजविरुद्धको खोप लगाउन पाउँदा आफूहरू खुसी भएको स्थानीय नागरिकले बताएका छन् ।
गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालका अनुसार नागरिकको सहजताको लागि पालिकाका सेवाहरू वडास्तरबाट नै सम्पादन गर्ने गरिएको छ ।