कर्णाली सरकारले मृतक सुजनका परिवारलाई दुई लाख दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले दैलेखको महावु गाउँपालिका वडा नम्बर का सुजन रावतका आफन्तलाई दुई लाख रुपैंया राहत दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्री परिषदको वैठकले शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहत स्वरुप सो रकम दिने निर्णय गरेको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभयो ।
आज बसेको वैठकले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय भएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।
यसैबीच, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री आज विहान सुर्खेत विमानस्थलमा सुजनको शवमा श्रद्धान्जली दिन जानुभएको थियो ।