

सुर्खेत । भिजिट कर्णाली यातायात प्रा. लि.ले कर्णाली प्रदेशका पर्यटकिय स्थलहरु घुम्न जाने पर्यटकलाई लक्षित गर्दै स्करपियो जिप संचालनमा ल्याउने भएको छ । प्रा. लि. ले आज सुर्खेतमा पत्रकार सम्मेलन गर्दै पौष २६ गते देखि कर्णाली प्रदेशको पर्यटन प्रबद्र्धन र यात्रुहरुलाई आरामदायक यात्राका लागि प्रदेशमै पहिलो पटक एसी हिटर सहित आरामदायी सिट भएको स्करपियो जिपहरु संचालन गरी सार्वजनिक यातायात सेवाको सुरुवात गर्ने जनाएको छ ।
टिकट बुकिङको लागि वीरेन्द्रनगरको बुलबुले चोकमा काउन्टर स्थापना गरिने र अनलाइन टिकट बुकिङको लागि आफ्नै एप्लिकेशन बनाएर संचालनमा ल्याउने, ट्याक्सी माण्डौ एपबाट विश्वको जुनसुकै ठाउँ बाट टिकट बिकिङ गर्न सकिने, विरेन्द्रनगर उपत्यकाको हकमा श.–शुल्क घरदैलोमै सेवा दिने, जेष्ठ नागरिक र पूर्ण अपांग नागरिकलाई ५० प्रतिशत छुट दिने, सुझब तथा गुनासोकालागि सम्र्पक ब्यक्तको व्यवस्था गर्ने लगायतका सुविधा दिने प्रा. लि. ले जनाएको छ ।
भिजिट कर्णाली यातायात प्रा. लि. ले सुलभ भाडादरमा स्तरीय यातायात सेवा दिने जनाएको छ । प्रा. लि. ले सुर्खेत देखि दैलेख सम्मको रु ७५० भाडा निर्धारण गरेको छ । तेस्तै सुर्खेत देखि कालिकोट रु १७५०, सुर्खेत देखि जुम्ला रु २५००, सुर्खेत देखि सुयाडा दसेरा रु १५००, सुर्खेत देखि नेपालगंञ्ज रु ५५०, सुर्खेत देखि कोहलपुर रु ५००, सुर्खेत देखि चिसापानि रु ४५०, सुर्खेत देखि मुगु रु ३८५०,सुर्खेत देखि सिंजा रु ३०००, सुर्खेत देखि नागमा रु २३००, सुर्खेत देखि जितेगडा रु १५००, सुर्खेत देखि खिड्किजिउला रु १३२५ र सुर्खेत देखि शाहिखोला रु १२०० भाडादर निर्धारण गरेको छ ।
अहिले प्रा. लि. ले १८ वटा स्करपियो जिप मार्फत सेवा सुचारु गने छ र पछि जिपहरु थप्दै जाने जनाएको छ ।

खबर बजार । २४ पुष २०८०, मंगलवार १३:३९