
काठमाण्डौ । सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख १८ हजार रुपैयाँ रहेको थियो ।
आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३ सय ९० रुपैयाँ रहेको निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको १ हजार ३ सय ९५ रुपैयाँ रहेको थियो ।




खबर बजार । ७ माघ २०८०, आईतवार १२:०२