बढ्यो आज सुनचाँदीको भाउ

काठमाण्डौ । सुनको भाउ आज तोलामा तिन सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १९ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १९ हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ पुगेको छ ।