मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आर्थिक :

सुनचाँदीको भाउ अझै घट्यो 

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । सुनचाँदीको भाउ घट्ने क्रम रोकिएको छैन । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ ।

भाउ घटेर सुन आज तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Dailekhi urja

शुक्रबारयता ओरालो लागेको सुनको भाउ हिजो सोमबार तोलामा एक हजार १०० रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको दुई  लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तोलामा एक हजार ५०० र गएको शुक्रबार एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको तीन हजार ४९० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि हिजो चाँदी तोलामा ८० रुपैयाँले घटेर तोलाको तीन हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदी तोलामा १०० रुपैयाँले घटेर तोलाको तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

nepalgunj