
काठमाडौं । गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा आज विहानै देखि मध्यमदेखि ठूलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि बागमती प्रदेशदेखि पूर्वका प्रायः सबै भूभागमा वर्षा भइरहेको छ ।

मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका ठाउँमा स्थानमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले स्थानीय वासीलाई सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
यद्यपि, लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ ।




खबर बजार । ७ असार २०८३, आईतवार ०७:२६