मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

विपद् :

रसुवा बाढीमा फेला परेका शवको सङ्ख्या ६ सय २६, दुई हजार ४२६ सम्पर्कविहीन

२ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीमा परि फेला परेका शवको सङ्ख्या ६२६ पुगेको छ ।

Dailekhi urja

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जनाको शव फेला परेको हो ।

अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर दुई हजार ४२६ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार जना सम्पर्कविहीन छन् ।

रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना, मकवानपुरबाट ६५ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ । त्यस्तै जलविद्युत आयोजनातर्फ ९३३ जना र विदेशी नागरिक १२७ जना पनि सम्पर्कमा छैनन् । लाङटाङ निकुञ्जमा ३ जना सम्पर्कविहीन छन् । १०१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

खोज तथा उद्धारको लागि १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । बाढीको चौथो दिन आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ । खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । तर जङ्गल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अलपत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो छ ।

nepalgunj