
काठमाडौं । आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाडी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




खबर बजार । २९ भाद्र २०८३, सोमबार ०७:२८