रास्वपा संसदीय दलको बैठक आह्वान 

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो ।

उहाँका अनुसार बैठक दिउँसो १२:१५ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

बैठक संसदीय समितिहरूको सभापति निर्वाचन र समसामयिक विषयमा केन्द्रित हुने जनाइएको छ ।

भोलि संसदीय समितिका सभापतिमा मनोनयन दर्ता गर्ने कार्यसूची छ ।