मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मौसम :

तीनवटा प्रदेशका केहि हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । आज कोशी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै बागमती र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dailekhi urja

यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लागेको छ ।

nepalgunj