मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मौसम :

आज यी प्रदेशमा हुनेछ हल्का वर्षा र हिमपात

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली भू-भाग र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानमा तुवाँलो लागेको छ ।

Dailekhi urja

आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

nepalgunj