मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

वाइसिएल कार्यकर्ताले गरे प्रहरी चौकी तोडफोड

१ मिनेट पढाइ
०साझा

खबर बजार
kuse inside

रुकुम । रुकुम पश्चिमको नुवाकोट प्रहरी चौकीमा तोडफोड र आक्रमण भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ताहरूले प्रहरी चौकी तोडफोड गरेका हुन् ।

कांग्रेस निकट नेपाल दरुण दलका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो । तरूण दल कार्यकर्ता प्रहरी चौकीभित्र छिरेपछि वाइसिएलले चौकी तोडफोड गरेका हुन्।

Dailekhi urja

बुधबार बेलुकी ८ बजेतिर माओवादीले कांग्रेसका त्रिवेणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गर्दा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।

कांग्रेसका १३ जना कार्यकर्ता चौकीमा पुगेका थिए। उनीहरूलाई वाइसिएल कार्यकर्ताले लखेटेका थिए। कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका छन्।

त्रिवेणी वडा नम्बर ९ को वडाध्यक्ष उम्मेदवारमा माओवादीबाट वाइसिएल जिल्ला अध्यक्ष जनक विश्वकर्मा छन्।

nepalgunj