सुर्खेत । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् ।
सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् ।
झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते हुनुभएको हो । उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको घर्तीले बताउनुभयो ।
जसका कारण चार प्रहरी सामान्य घाइते भएका छन्’ डीएसपी घर्तीले बताउनुभयो ।
खबर बजार । २८ बैशाख २०७९, बुधबार १३:५१