सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
जारी मतगणनामा दिउँसो १ बजे सम्म वडानम्बर १ को ५० मतगणना हुँदा कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रता लिनुभएको छ ।
दोस्रोमा राप्रपा रहेको छ । राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत पाउनुभएको छ भने तेस्रोमा रहेकी एमालेकी मोहनमाया ढकालले ६ भोट पाउनुभएको छ ।
यस्तै उपमेयरमा माओवादीकी उम्मेदवार शान्ति ढकालले अग्रता लिनुभएको छ । उहाँले २३ मत पाउनुभएको छ । दोस्रोमा रहेका एमालेका नीलकण्ठ खनालले १० मत पाउनुभएको छ ।
वीरेन्द्रनगरमा कांग्रेस र माओवादीको गठबन्धन छ । एमाले र एकीकृत समाजवादी एक्लै लडेको छ ।
खबर बजार । ३१ बैशाख २०७९, शनिबार १३:५४