कर्णालीका ५५ पालिकाको नतिजा

७९ पालिकामध्ये २४ वटाको नतिजा आउन बाँकी

सुर्खेत । कर्णाली प्रदेशका ५५ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । ७९ पालिकामध्ये २४ वटाको नतिजा आउन बाँकी छ । गएराति १२ बजेसम्म नतिजा सार्वजनिक भएका ५५ मध्ये २७ पालिकाको नेतृत्व नेपाली कांग्रेसले जितेको छ ।

नेकपा (माओवादी केन्द्र)ले १५ र नेकपा एमालेले ८ पालिकामा जित हात पारेका छन् । नेकपा (एकीकृत समाजवादी)ले तीन पालिका जित्दा दुई पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसले जितेका पालिकामा

१) हुम्लाको खार्पुनाथ गाउँपालिका कर्णबहादुरमा रावल

२) सल्यानको कुमाख गाउँपालिकामा मानबहादुर बुढाथोकी

३) सल्यानकै त्रिवेणी गाउँपालिकामा खिमबहादुर रावत

४) दैलेखको भैरवी गाउँपालिकामा रिता कुमारी शाही

५) दैलेखकै महाबु गाउँपालिकामा लक्ष्मण गुरुङ

६) जुम्लाको कनका सुन्दरी गाउँपालिकामा दामोदर आचार्य

७) डोल्पाको ठुलोभरी नगरपालिकामा स्वर्ण बहादुर बुढा

८) हिमा गाउँपालिका(जुम्ला) – लक्ष्मण शाही

९) तिलागुफा नगरपालिका(कालिकोट)– शंकरप्रसाद उपाध्याय

१०) मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा

११) सिद्धकुमाख गाउँपालिका (सल्यान)– भरत गिरी

१२) ठाटीकाँध गाउँपालिका(दैलेख)– रक्षबहादुर शाह

१३) कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत

१४) बाँफिकोट गाउँपालिका(रुकुम पश्चिम) – जनककुमार बाँठामगर

१५) चामुण्डा विन्द्रासैनी नगरपालिका(दैलेख) – गणेशकुमार शाही

१६) शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी

१७) शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही

१८) पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा

१९) छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम

२०) बराहताल गाउँपालिका(सुर्खेत) – भिमबहादुर भण्डारी

२१) सर्केगाड गाउँपालिका (हुम्ला) – ठानबहादुर रोकाया

२२) तातोपानी गाउँपालिका (जुम्ला) – नन्दप्रसाद चौलागाईं

२३) नरहरिनाथ गाउँपालिका (कालीकोट) – नगेन्द्रबहादुर विष्ट

२४) छेडागाड नगरपालिका (जाजरकोट) – रत्नबहादुर खड्का

२५) पञ्चपुरी नगरपालिका (सुर्खेत) – लालवीर भण्डारी

२६) गुर्भाकोट नगरपालिका (सुर्खेत) – हस्त पुन

२७) लेकवेशी नगरपालिका (सुर्खेत) – उमेशकुमार पौडेल

माओवादीले जितेका पालिका
१) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय

२) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही

३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी

४) ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी

५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट

६) नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा

७) पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया

८) भगवतिमाई गाउँपालिका(दैलेख) – गणेश थापा

९) शुभकालिका गाउँपालिका(कालिकोट)– गोविन्दप्रसाद आचार्य

१०) सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी

११) सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल

१२) नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत

१३) बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी

१४) त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी

१५) तिला गाउँपालिका (जुम्ला) – मोतिलाल रोकाया

एमालेले जितेका पालिका
१) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)

२) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी

३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी

४) नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा

५) जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही

६) चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी

७) भेरी नगरपालिका (जाजरकोट) – चन्द्रप्रकाश घर्ती

८) त्रिपुरासुन्दरी नगरपालिका (डोल्पा) – जनचन्द्र रोकाया

एकीकृत समाजवादीले जितेका पालिका

१) काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)

२) छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)

३) कपुरकोट गाउँपालिका(सल्यान)– दुर्गा पुन

स्वतन्त्र निर्वाचितहरु

१) खाँडाचक्र नगरपालिका (कालीकोट)– कमलबहादुर शाही

२) सान्नी त्रिवेणी गाउँपालिका(कालीकोट) – मोहनबहादुर केसी