
सुर्खेत । शुक्रबार सल्यानको बागचौर नगरपालिका–९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको त्रिशिद्वेश्वरी राप्ती यातायात प्रा.लि द्वारा संचालित ना ३ ख ३८८४ नम्बरको बस दुर्घटनामा परेको छ । उक्त बस दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते हुने मध्य सल्यान छत्रेश्वरी गाउँपालिका–२ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका–८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका–३ की ५८ वर्षीया दिलकुमारी खड्का रहनुभएको छ ।
घाइतेहरूको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । बागचौर नगपालिका–८ शारदा खोला पुल नजिकै बस दुर्घटना भएको हो। बस के कारणले दुर्घटना भएको हो भन्ने कुराको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




खबर बजार । १३ जेष्ठ २०७९, शुक्रबार १३:५३