मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

४ लाख १० हजार विद्यार्थी सहभागी

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।


जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

Dailekhi urja

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ। कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो।

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयहरुले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

nepalgunj