

सुर्खेत । जुम्लाको तिला गाउँपालिका–८ मा आगलागीबाट घर जलेर नष्ट भएको छ । प्रहरी चौकी रारालीही जुम्लाका अनुसार बुधबार राती साढे १२ बजेको समयमा तिला–८ का बिरमान नेपालीको घर जलेर नष्ट भएको हो ।
नेपालीको २ तले ढुङ्गा माटोले बनेको घरमा अचानक आगोलागी हुदाँ घर र घर भित्र रहेका सबै समानहरुमा क्षेती पुगेको छ । प्रहरीले नेपालीको घरमा रहेका भाडाकुडा, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको जनाएको छ ।
यस्तै, आगो निभाउने क्रममा घरधनी नेपाली सामान्य जलि घाईते भएको र अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ । प्रहरी र स्थानीयको सहयोगमा बुधबार राती १२ः५० बजेको समायमा आयो नियन्त्रणमा आएको थियो ।

खबर बजार । २७ जेष्ठ २०७९, शुक्रबार ०६:४८