
सुर्खेत । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सलेना, बराहताल गाउँपालिका–१०, सुर्खेतले प्राथमिक तह तृतीय श्रेणीको एक रिक्त शिक्षक दरबन्दीमा सरुवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

विद्यालयले जारी गरेको सूचनाअनुसार शिक्षा नियमावली २०५९ (दशौं संशोधन २०८३) को व्यवस्था बमोजिम उक्त पदमा महिला शिक्षक सरुवामार्फत पदपूर्ति गरिने भएको हो । विद्यालय व्यवस्थापन समितिको २०८३ असोज १० गतेको निर्णयअनुसार प्राथमिक तह तृतीय श्रेणीको स्थायी दरबन्दीमा कार्यरत तथा सरुवाका लागि योग्य इच्छुक महिला शिक्षकहरूबाट आवेदन माग गरिएको विद्यालयले जनाएको छ ।
इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्न सक्नेछन्। दरखास्त विद्यालयको इमेल nerapravisalaina@gmail.com मा पठाउन अनुरोध गरिएको छ ।
सूचनाअनुसार दरखास्तसँग निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सेवा अवधि खुल्ने कागजात, नियुक्तिपत्र, शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्र, हाल कार्यरत विद्यालयको सहमति पत्र, सम्बन्धित स्थानीय तहको सहमति पत्र लगायतका आवश्यक कागजात संलग्न गर्नुपर्नेछ ।
विद्यालयका प्रधानाध्यापक अनिल चौधरी द्वारा हस्ताक्षरित सूचनामा थप जानकारीका लागि विद्यालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
संक्षिप्त विवरण
- विद्यालय: श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सलेना
- ठेगाना: बराहताल गाउँपालिका–१०, सुर्खेत
- पद: प्राथमिक तह तृतीय श्रेणी शिक्षक
- संख्या: १
- पदपूर्ति प्रक्रिया: सरुवा
- लक्षित समूह: योग्य महिला शिक्षक
- आवेदन अवधि: सूचना प्रकाशित भएको मितिले १५ दिन
- इमेल: nerapravisalaina@gmail.com





खबर बजार । १८ आश्विन २०८३, आईतवार ०८:४६