मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ४ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

अवसर :

महिला उद्यमीलाई प्रविधि सहयोगका लागि आवेदन आह्वान

२ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । कर्णाली प्रदेश सरकारले महिला उद्यमशीलता प्रवर्द्धन तथा व्यवसाय विकासका लागि प्रविधि सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार इच्छुक महिला उद्यमी तथा महिला उद्यमी समूहलाई आवेदन पेस गर्न आह्वान गरेको हो ।

Dailekhi urja

मन्त्रालयले पहिलोपटक प्रकाशित गरेको सूचनाअनुसार ‘महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवापुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ बमोजिम प्रविधि सहयोग उपलब्ध गराइनेछ ।

प्रविधि सहयोग प्राप्त गर्न इच्छुक महिला उद्यमी तथा महिला उद्यमी समूहले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित स्थानीय तहमा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

आवेदनसँगै उद्योग व्यवसाय दर्ता तथा नवीकरणको प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र, आर्थिक वर्ष २०८२/०८३ सम्मको कर चुक्ताको प्रमाणपत्र, व्यावसायिक योजना, माग गरिएको प्रविधिको क्षमता तथा अनुमानित बजार मूल्यसहितको विवरण पेस गर्नुपर्नेछ ।

त्यसैगरी, यसअघि प्रदेश सरकार वा स्थानीय तहबाट विगत पाँच वर्षमा टेवापुँजी तथा प्रविधि सहयोग अनुदान प्राप्त गरेको वा नगरेको सम्बन्धमा महिला उद्यमी वा महिला उद्यमी समूहको स्वघोषणापत्रसमेत अनिवार्य गरिएको छ ।

मन्त्रालयका अनुसार सम्बन्धित स्थानीय तहले प्राप्त निवेदन तथा संलग्न कागजातका आधारमा कार्यविधिको दफा ७ बमोजिम सिफारिस गरी एक जना महिला उद्यमी र एउटा महिला उद्यमी समूह छनोट गर्नुपर्नेछ । छनोट भएका उद्यमी तथा समूहको नामावली आवेदन दिने म्याद समाप्त भएको मितिले १५ दिनभित्र मन्त्रालयमा सिफारिस गरी पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

कार्यक्रमसम्बन्धी विस्तृत जानकारी तथा कार्यविधि मन्त्रालयको आधिकारिक वेबसाइट www.mosd.karnali.gov.np बाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

nepalgunj