नागरिक उन्मुक्ति पार्टीका गण्डकी र बाग्मती प्रदेश अध्यक्ष निष्कासित

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बाग्मती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गर्नुभएको छ ।

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बाग्मती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई निष्कासन गरेको पत्रमार्फत जानकारी गराउनुभएको छ । पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेको उल्लेख छ ।

नागरिक उम्मुक्ति पार्टीमा अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढ्दै गएको छ । विवादका कारण हिजो पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रञ्जिता र रेशम पक्षका नेताहरूबीच हात हालाहालसमेत भएको थियो ।