

काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिनु भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका एक सांसदले जानकारी दिनु भयो ।
उपेन्द्र यादव अहिले देश बाहिर हुनुहुन्छ ।

खबर बजार । २३ बैशाख २०८१, आईतवार १७:४४