
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलालाई १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो र कैद जरिबानाको माग गरेको अख्तियारले जनाएको छ ।




खबर बजार । १९ चैत्र २०८०, सोमबार १८:४०