काठमाडौं । सरकारले पर्सी बस्ने प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने तयारी गरेको छ ।
त्यसअघि दुई दिन सत्ता गठबन्धनका दलहरुसँग छलफल गर्ने र पर्सीको बैठकमा टेबुल गर्ने तयारी भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गर्ने तयारीमा आफूहरु रहेको बताउनुभएको छ ।
छलफलका लागि दलहरुका बीचमा केही समय चाहिन्छ भनेपछि दुई दिनमा थप सल्लाह र सहमति जुटाएर फागुन ६ गते पेश गर्ने तयारी रहेको उहाँको भनाई छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच नै सहमति नजुटेपछि पेश नभएको हो ।
खबर बजार । ४ फाल्गुन २०७८, बुधबार १४:२४