
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज धनुषाको जनकपुर र पर्साको विरगञ्जमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरण गरेको जसपा नेपालले प्रदेशस्तरीय सभा गरेर जनकपुरमा शक्ति प्रदर्शनको तयारी गरेको हो ।
उसले मधेशकै वीरगंजमा पनि प्रदेशस्तरीय सभाको तयारी गरेको छ । सभामा पार्टी अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नुहुने छ ।
जनकपुरको तिरहुतिया गाक्षीमा बिहान ११ बजे हुने सभामा २० हजार सहभागी गराउने जसपा नेपालको तयारी छ । तर चिसोले सहभागिता कम हुने देखिएको छ ।
केही दिन यता बढेको चिसोले मधेशमा जनजीवन निकै प्रभावित भएको छ । अधिकांश जिल्लाका स्थानीय तहले १६ गतेपछाडिसम्म विद्यालय बन्द गरेका छन् ।
यस्तै, पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सहअध्यक्ष रेनु यादवसहित बहुमत केन्द्रीय समिति जसपा नेपालमा फर्कँदै छन् । उनीहरु आज काठमाडौँमा पार्टीमा फर्कने तयारी रहेको जसपा नेपाल स्रोतले जनाएको छ ।




खबर बजार । १४ पुष २०८२, सोमबार १०:३५