

काठमाण्डौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने बताउनु भएको छ ।
समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताउनु भएको हो ।
उहाँले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताउनु भयो । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उहाँले भन्नु भयो ।
उहाँले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको जिकिर गनु भयो । उहाँले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताउनु भयो ।

खबर बजार । ३ फाल्गुन २०७९, बुधबार १०:५७