एमसीसी संसदमा पेश गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभामा पेश गर्न सत्तारुढ गठबन्धनमा सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच सहमति भएको हो ।

बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।

नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ ।

गठबन्धनमा रहेका अन्य केहि दलहरुले भने एमसीसी संशोसधनसहित पास गर्नुपर्नेमा जोड दिएका छन् ।