एमाले सचिवालय बैठक बस्दै 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा शुक्रबार बिहान ११ बजे बैठक तय भएको कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताउनुभएकाे हाे । बैठकमा नेताहरूको कार्यविभाजन मूल एजेण्डा रहेकाे छ।

गत मंसिरमा सम्पन्न पार्टीको ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन गर्न बाँकी रहेकाे हाे ।

चार दिनअघि बसेको बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । त्यसलाई शुक्रबार अन्तिम रूप दिने सचिव अधिकारीले बताउनुभयाे ।

यस अघिकाे सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको होल्डमा राखिएको पार्टी सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो ।