
काठमाडौं । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुहुने भएको छ ।

यसअघि लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसँग भेटवार्ता गर्नुभएको थियोे ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ ।
जनता पार्टीको औपचारिक निमन्त्रणामा पाँच दिनका लागि रवि भारतीय भ्रमणमा जानुभएको हो ।
भ्रमणमा लामिछानेले पहिलो चरणमै विभिन्न राजनीतिक भेटघाट सुरु गर्नुभएको हो । लामिछानेसहितको टोली यही जेठ २२ गते स्वदेश फर्कनेछन् ।




खबर बजार । २० जेष्ठ २०८३, बुधबार ०७:४१