f यादवद्वारा मन्त्री पदबाट राजिनामा 

यादवद्वारा मन्त्री पदबाट राजिनामा 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ ।  यादवले प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उहाँको सचिवालयले जनाएको छ ।

यादवले यसअघि ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएपछि अभिव्यक्तिको सर्वत्र विरोध भएको थियोे ।

उहाँले चैत २७ गते मन्त्री पदको शपथ लिनुभएको थियोे । उहाँ महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुनुहुन्छ ।