एमसीसीद्वारा संसदीय अनुमोदन स्विकार, ‘व्याख्यात्मक घोषणा’ बारे व्याख्या भएन

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को मुख्यालयले नेपालकाे प्रतिनिधि सभाबाट भएको अनुमोदन स्वीकार गरेको छ । एमसीसी मुख्यालयले वासिङ्टनबाट एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकार गरेको जनाएको हो ।

फागुन १५ गते सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालको समर्थनमा ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गरिएको थियो । तर एमसीसीले जारी गरेको विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’ का बारे भने एमसीसीले केही भनिएको छैन ।

एमसीसी सम्झौतामा स्पष्ट नभएका बुँदालाई स्पष्ट पारी ‘व्याख्यात्मक घोषणा’ नेपालले एकपक्षीयरूपमा तयार गरेको थियो । एमसीसीले विज्ञप्तिमा कम्प्याक्ट अनुमोदन गर्ने निर्णय सधैं सार्वभौमसत्ता सम्पन्न नेपालसँग रहेको जनाइएको छ ।

पढ्नुहोस् एमसीसीको विज्ञप्तिः

https://www.mcc.gov/news-and-events/release/stmt-030122-nepal-compact-ratification?fbclid=IwAR2xA2MlhawEYsLkEhGtBj5_KLc6hO6GpEaC-V-GLGr_XdzFZlIwQtQFw-A