एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, यस्ता छन् एजेन्डा…

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्दै छ ।

फाइल तस्बिर

निर्वाचनमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन पेश गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, निर्वाचन घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । रिजालका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।

बैठकमा बैठकमा सातैवटा प्रदेशका अध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, स्थानीय तहमा हालको स्थिती र सम्भावित अवस्थाका बारेमा रिपोर्टिङ गर्ने तयारी छ ।

यसैगरी चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत विषयमा पनि छलफल गरिने छ । बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।