धनुषा । किसानको मुद्दा बोकेर आन्दोलन गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ ।
जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसाेकाे समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने जनाउनुभएको हो ।
किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको उनले उल्लेख गरेका छन् ।
मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डाक्टर राउतले दावी गर्नुभएको छ ।
खबर बजार । १५ पुष २०७८, बिहीबार ०४:२९