मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

आज पनि घट्यो सुनको भाउ

१ मिनेट पढाइ

काठमाण्डौ । सुनको भाउ आज पनि ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले नै घटेको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।