दैलेख नौमुलेमा गठबन्धनका सुवेदी विजयी

सुर्खेत । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले तीन हजार दुई सय मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच सय ४४ मत प्राप्त गर्नुभएको छ भने एमालेका शशिराम विश्वकर्माले एक हजार नौ सय २० मत ल्याउनुभएको छ ।

यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी हुनुभएको छ । उहाँले दुई हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार चार सय ५ र एमालेकी गीता चन्दले एक हजार नौ सय १८ मत प्राप्त गर्नुभयो । नौमुलेमा माओवादी र समाजवादीको गठबन्धन थियो ।