रुकुम पश्चिमको त्रिवेणीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो ।

झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज बिहीबार बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडि तोडफोड गरेको प्रहरीले जनाएको छ ।

खड्काले प्रयोग गरेको रा१च १२६२ नम्बरको जिप तोडफोड भएको हो । दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिनुभयाे ।