

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि सत्तारूढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारूढ गठबन्धन वैशाख ३० गतेको पालिका चुनावपछि समाप्त हुने बताउनुभएको हो ।
ललितपुरको जावलाखेलमा पार्टीले आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गर्नुभयो । यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो ।
ओलीले चुनावको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारूढ दलहरूबाटै भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सत्तारूढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि उहाँले दोहो¥याउनुभयो ।

खबर बजार । २७ बैशाख २०७९, मंगलवार ०७:३७