एमाले वीरेन्द्रनगरको शक्ति प्रदर्शन

सुर्खेत । नेकपा एमाले वीरेन्द्रनगरले चुनावी बृहत जनसभा सम्पन्न गरेको छ ।    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बृहत जनसभाको आयोजना गरिएको हो । र्यालीले स्थानीय मंगलगढी चोकदेखि बजार परिक्रमा गरेर पिपल चौतारामा जनसभामा परिणत भएको थियो ।

वीरेन्द्रनगरका १६ वटै वडाबाट हजारौँ संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको थियो । जनसभामा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल, केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज नवराज रावत, नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकाल, जिल्ला अध्यक्ष अमृत बिसी र उपप्रमुखका उम्मेदवार निलकण्ठ खनाललगायतले सम्बोधन गर्नुभएको थियोे ।   

एमालेले वीरेन्द्रनगरको प्रमुखमा मोहन माया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ ।