f वीरेन्द्रनगरलाई उत्कृष्ट पालिका बनाउँने नेकपा एमालेबाट मेयर पदका उम्मेदवार ढकालको प्रतिबद्धता

वीरेन्द्रनगरलाई उत्कृष्ट पालिका बनाउँने नेकपा एमालेबाट मेयर पदका उम्मेदवार ढकालको प्रतिबद्धता

आफुले जिते हजारौं छोरीलाई नेतृत्वमा पुग्न सहज हुने विश्वास

सुर्खेत । नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिका मेयर पदकी उम्मेदवार मोहनमाया ढकालले नगरपालिकालाई उत्कृष्ट पालिका बनाउँने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


मंगलबार वीरेन्द्रनगरमा भएको बृहत चुनावी जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताउनुभएको हो । ढकालले वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका नागरिकलाई राम्रो र हाम्रो सँगै उत्कृष्ट नगरपालिका बनाउँन प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा सहभागी मतदाताहरुलाई सम्बोधन गर्दै उम्मेदवार ढकालले भन्नुभयो्, ‘मैले जितेपछि जनताको आवश्यकता अनुसारको काम गर्ने छु । एमालले नगरको प्रमुखमा महिलालाई उठाएकोमा धन्यवाद दिन चाहान्छु । साथै मेयर महिलाले जितेपछि भोली हजारौं छोरीलाई नेतृत्वमा पुग्न ढोका खुल्ला हुने छ ।’

ढकाले थप्नुभयो, ‘नेकपा एमालेले वीरेन्द्रनगरबाट संविधानमा रहेको मैलिक हकलाई स्थापित गर्दै छ । त्यस कारण सूर्य चिह्नमा मतदान गर्न म आम नगरबासीलाई अनुरोध गर्न चाहान्छु र प्रतिबद्धता जाहेर गर्न चाहान्छु तपाईंको शिर झुक्नेगरि कहिल्यै पनि काम गर्ने छैन् ।’

यस्तै, ढकालले आम नगरबासीलाई आफ्नो टिमले विश्वास र महाशुस गर्ने गरि नगरपालिकाको विकास निर्माण, समाजिक सुरक्षा, सामाजिक न्ययासहितको विकास र बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला लगायत सबैको संरक्षण हुनेगरि विकासलाई आफ्नो नेतृत्वको टिमले काम गर्ने गरि अगाडी बढेको स्पष्ट पार्नुभयो ।