दैलेखको नौमुले १ र २ मा कांग्रेसका उम्मेदवार विजयी

सुर्खेत । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपालि काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडाध्यक्षमा रुपेशकुमार थापामगर र २ को वडा अध्यक्ष पदमा दुर्गप्रसाद न्यौपाने विजयी हुनुभएको हो ।

वडा नम्बर १ को अध्यक्षमा विजयी भएका थापामगरले ४ सय मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गर्नुभएको हो ।

वडा नम्बर २ मा विजयी भएका दुर्ग प्रसाद न्यौपानेले ४८२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । एमालेका उम्मेदवारले ४०५ र माओवादी केन्द्रका उम्मेदवारले ३११ मत प्राप्त गरेका जनाइएको छ।