वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाको अन्तिम नतिजा सार्वजनिक प्रमुख

उपप्रमुखसिहत ११ वडामा नेकपा एमाले सफल 

सुर्खेत । स्थानीय तह निर्वाचन अन्तरग जारी मतगणमा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जस अनुसार नेकपा एमालेले नगर प्रमुख÷उपप्रमुखसिहत ११ वडामा जित हाँसिल गरेको छ ।

यस्नै नेपाली कांग्रेसले पाँच वडामा जित हाँसिल गरेको छ । २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट वीरेन्द्रनगरमा एक वडा जितेको माओवादीले भने यसपाली खाता खोल्न सकेन ।
वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेका मोहन माया ढकाल (भण्डारी) र उप मेयरमा पनि एमालेकै नीलकण्ठ खनाल विजयी हुनु भएको छ ।

वीरेन्द्रनगर नगरपलिकाका १६ वडाहरुमा विजयी भएका वडा अध्यक्षहरु
वडा नं १ः दिनेश खत्री
वडा नं २ः गज बहादुर वुढा क्षेत्री
वडा नं ३ः विनोद सिंह विष्ट
वडा नं ४ः शेर बहादुर के सी
वडा नं ५ः लोक वहादुर शाही
वडा नं ६ः जनक बहादुर रावल
वडा नं ७ः ध्रुव कुमार चपाई
वडा नं ८ः टीकाराम शर्मा
वडा नं ९ः ऋषि गिरी
वडा नं १०ः डिल बहादुर रखाल
वडा नं ११ः खिमलाल देवकोटा
वडा नं १२ः चुडामणि चपाई
वडा नं १३ः दीपेन्द्रराज कोइराला
वडा नं १४ः देव बहादुर रोकाय
वडा नं १५ः कृष्ण बहादुर थापा
वडा नं १६ः डण्ड बहादुर विश्वकर्मा