जिसस सुर्खेतमा एमाले–माओवादी गठबन्धन विजयी

सुर्खेत । जिल्ला समन्वय समिती सुर्खेतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले जीत हात पारेको छ ।

शुक्रबार भएको निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार र उपप्रमुखमा सचिनकुमार बडुवाल निर्वाचित भएका छन् ।
१० मतसहित एमाले र माओवादी गठबन्धन प्यानल नै विजयी भएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो । एमालेले प्रमुख र ५ सदस्य पाउँदा माओवादीले उपप्रमुख र २ सदस्य पाएको छ ।
उहाँका अनुसार गठबन्धनका उम्मेदवारले १० मत पाएका छन् । कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन् । त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति तारम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमाटा समन्वय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । उसले प्रमुखमा दिलीपकुमार वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो ।
२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो । यसपटक एमालेले नेतृत्व पाएको हो ।