सुर्खेत महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्दै

सुर्खेत । सुर्खेत महिला जेसीजले वीरेन्द्रनगरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रम गर्न लागेको छ ।


हरेक वर्ष भव्य चाडको रुपमा मनाउदै आएको सप्ताहव्यापी कार्यक्रम यो वर्ष पनि गर्न लागिएको हो ।

यहीँ साउन २४ गते मंगलबारदेखी शुरु गरि साउन २८ गत्ते सम्म वीरेन्द्रनगरमा गर्न लागिएको कार्यक्रममा रक्तदान, विद्यालायमा शैक्षिक सामाग्री वितरण, तनाव व्यवस्थापन तालिम, बक्तृत्वकला प्रतियोगीताका साथै नारी सम्मान कार्यक्रम गरिने कार्यतालिका जेसीजले सार्वजनिक गरेको छ ।

साउन २४ गत्ते मंगलबार विहान मंगलगढी चौकमा सप्ताहव्यापी कार्यक्रमलाई उद्घाटन गर्दै रक्तदान कार्यक्रमको पनि गरिने साथै सोही दिन दिउँसो वीरेन्द्रनगर १० मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिने सुर्खेत महिला जेसीजका कार्यकारी उपाध्यक्ष सीता भण्डारीले जानकारी दिइन् ।

विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएका छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिनेछ ।

साउन २५ गत्ते बुधबार तनाव व्यवस्थापन तालिम प्रदान गर्ने, सुर्खेतमा रहेका सरकारी तथा गैरसरकारी विद्यालयमा अध्यन गर्ने मा।वि। तहका छात्राहरु बक्तृत्वकला प्रतियोगताको आयोजना गर्ने जेसीजको कार्यतालिकामा उल्लेख छ ।

तनाव व्यवस्थापन तालिम मध्यपश्चिम विद्यालयका उप(प्रध्यापक ललितजंग शाहीले प्रशिक्षण दिनेछन् ।

साउन २८ गत्ते विविध विधामा संघर्ष गरेर स्थापित महिलाहरुलाई छनोट गरेर नारी सम्मान कार्यक्रम गरी पुरस्कार वितरण संगै सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिने भण्डारीको भनाई छ ।