कर्णाली प्रदेश सभामा कडा सुरक्षाबीच तनावग्रत

सुर्खेत । कर्णाली प्रदेश सभामा कडा सुरक्षाबीच तनावग्रत भएको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद नरेश भण्डारीले टेवल गरेका विधेयक पारित नगरेको भन्दै प्रदर्शन भएपछि तनावग्रत भएको हो ।

सांसद भण्डारीले संसदमा टेवल गरेको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयक पारितको माग गर्दै विधेयक सरोकार समाजले संसद भवन अघि विरोध प्रदर्शन गरिरहेको छ ।
सुरक्षाका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी वल खटिएको छ ।