कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित हुनुभएको छ ।
जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी ३८ सांसद मध्य नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ।नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातान्त्रिक पार्टी १ गरि जम्मा २४ मत गुरुङको पक्षमा खसेको हो ।
गुरुङ सुर्खेतबाट समानुपातिक सांसदमा निर्वाचित सांसद हुनुहुन्छ । यस्तै, नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिनुभएका खड्गबहादुर पोखलेरले जम्मा १४ मत प्राप्त गर्नु भएको छ ।