माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अधिकांशलाई कोरोना संक्रमण, कार्यालय बन्द

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयका अधिकांशलाई कोरोना भइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सहित नेताहरूलाई कोरोना संक्रमण भएपछि अहिले कार्यालय नै बन्द गरिएको छ।

प्रचण्डको निजी सचिवालयकाअनुसार पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उहाँले आराम गरिरहनुभएको छ ।

यस्तै, अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा कोरोना देखिएको र अब १४ दिन आइसोलेसनमा बस्ने श्रेष्ठले जानकारी गराउनुभएको छ ।